घोराही, २८ साउन
दाङको रामपुर गाबिस ३ बालिमखोला किनारमा बस्दै आएका बेसहारा बृद्ध दम्पत्तीलाई निर्माण हुन थालेको आबास निर्माणमा संयुक्त अभियान र हिन्दु जागरण नेपाल दाङले सहकार्य गर्ने भएका छन् ।

k
लामो समय देखी खोला किनारमा जिर्ण अबस्थाको घरमा दयनिय अबस्थामा बस्दै आएका नमबहादुर बिक र आईती बिकको आबास निर्माणमा संयुक्त अभियान र हिन्दुजागरण नेपालले संयुक्तरुपमा काम गर्ने निर्णय भएको हो ।

संयुक्त अभियानका तर्फबाट दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल, रेडियो मध्यपश्चिमका समाचार प्रमुख निमुसंगम घर्ती र हिन्दु जागरण नेपालको तर्फबाट जिल्ला अध्यक्ष यमबहादुर भण्डारी, उपाध्यक्ष पूर्णबहादुर गुरुङ, सदस्यहरु सन्जय आचार्य र बिष्णुराम आचार्य बिचको छलफलले बृद्ध दम्पत्तीको आबास संयुक्तरुपमा मिलेर बनाईदिने निर्णय भएको हो ।

आवास निर्माणमा संयुक्त अभियानका टोलीमा पत्रकार, व्यवसायी, विद्यार्थी, राजनितिक दल, टोल विकास संस्थाका प्रतिनिधीहरु रहेका छन् । बृद्ध दम्पत्तीलाई तीज अघि नै सुरक्षित सुन्दर घर हस्तान्तरण गर्ने योजना रहेको अभियानकर्ताहरुले बताएका छन् ।।