sharam swikritiकाठमाडौँ, २६ साउन । श्रम स्वीकृत लिएर विदेश जाने महिलाको सङ्ख्या तीन वर्षयता घटिरहेको छ ।

सरकारले वैदेशिक रोजगारीमा महिला स्वीकृति दिने काम पटक पटक बन्द गर्ने र खोल्ने गरेकाले यो सङ्ख्या घटेको हो ।

रोजगारका लागि विदेश जान स्वीकृति लिने महिलाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा आ।व। २०७२र७३ मा १३ प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७२र७३ मा १९ हजार ३०७ महिलाले विभागबाट अन्तिम श्रम स्वीकृत लिएर विदेशिएका छन् ।

 जबकी आ।व। २०७१र७२ मा २२ हजार २८ जना महिलाले श्रम स्वीकृत लिएर विदेश गएका थिए ।

आ।व। २०७०र७१ मा २८ हजार ९६६ जना महिलाले श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क विभागसँग छ ।  विभागको तीन वर्षको तथ्याङ्कलाई तुलना गर्दा पनि बैधानिक रूपमा श्रम स्वीकृत लिएर विदेश जाने महिलाको सङ्ंख्या बर्सेनि घटिरहेको स्पष्ट हुन्छ ।

वैदेशिक रोजगारबाट फर्किएका महिलाको संस्था पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले वैधानिक बाटोबाट जाने महिलाको सङ्ख्या घटे पनि गैरकानुनी बाटो प्रयोग गरेर विदेशिने महिलाको सङ्ख्या बर्सेनि बढेको बताउनुभयो ।