नेपाली काग्रेस दागले स्थानीय निकायहरुको पुर्नसंरचनाका लागी तीनवुदे सुझाव सहित सम्वन्धीत निकायसंग अनुरोध गरेको छ । हाल आयोगले सार्वजनीक गरेको सिमाङकनको अवधारणा सम्पुर्ण रुपले अव्यावाहारीक भएको भन्दै सुझाव सहीत परिमार्जन गर्न सम्वन्धीत निकायसंग अनुरोध गरेको हो ।
हालको स्थानीय निकायको पर्नुंसंरचना स्थानीय स्वायतताको नाममा जनतालाइ सास्ती हुने खालको रहेको पनी निश्कर्ष निकालेको छ । नेपाली काग्रेस दागले जिल्लालाइ भित्रीमधेस पहाडी क्षेत्रका रुपमा स्पष्ट उल्लेख गर्नुपर्ने, गाउपालीका , नगरपालीका तथा उपमहानगरपालीकाका लागी हाल तोकीएको जनसंख्याको मापदण्ड घटाउनुपर्ने, सिमाकंन गर्दा भौगोलीक विकटता, प्राकृतीक सम्पदा, पारस्पपारिक प्राकृतीक सम्वन्ध, सामर्थ्य र केन्द्र संगको दुरीलाइ गहन रुपमा अध्ययन गरेर मात्र सिमांकंन गरिनुपर्ने लगाएतको तीन वुदे सुझावलाइ समावेश गरी परिमार्जन गर्न सम्वन्धीत निकायमा पहल गर्नका लागी अनुरोध सहीत आफनो धारणा सार्वजनीक गरेको काग्रेस दाङका जिल्ला अध्यक्ष कृती वहादुर खडकाद्धारा हस्ताक्षरित सुभाव पत्रमा उल्लेख छ ।।











