चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहलाई गोल हान्ने जिम्मा दिएको बताएका छन् । आइतबारदेखि चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीले बालेनलाई गोल हान्ने बल दिएको बताएका हुन् ।

“रास्वपाले बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याएको छ”, लामिछानेले भने, “भटाभट गोल हान्ने जिम्मा उहाँको हो । झुकिएर त्यो बल मेरो खुट्टामा आएछ भने पास गर्ने जिम्मा मेरो हो ।”

लामिछोले निर्वाचन अगाडि बालेनसँग भएको सहमति एकरएक अक्षर इतिहासलाई साक्षी राखेर पालना गर्ने बताए ।