चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा विशेष समारोहका बिच सुरु भएको उक्त महाधिवेशनको प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा पार्टीको निर्वाचन चिह्न ‘घण्टी’ बजाएर उद्घाटन गरे ।
महाधिवेशनको उद्घाटन सत्रमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उल्लेख्य उपस्थिति रहेको छ । समारोहमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले शुभकामना व्यक्त गरेका थिए । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ ।











