दाङ । दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन आचार्य प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन्। उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई फराकिलो मतान्तरले हराउदै निर्वाचित भएका हुन् । आचार्यले ४३ हजार ५५९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका महासचिव तथा एमालेको तर्फबाट दाङ २ का उम्मेदवार शंकर पोख्रेलले भने १५ हजार २८७ मत पाएका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ मा जन्मिएका ३९ वर्षका रास्वपाका सहमहामन्त्री हुन् ।