चितवन । चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम निर्वाचित भएकी छन्। सोविताले ५९ हजार २७७ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् ।

सोविता र रेनुबीच मतान्तर ३८ हजार ६२२ छ। दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदमा प्रतिष्पर्धा उत्रिएकी थिइन् ।