झापा। झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे । बालेन र ओलीबीचको मतान्तर ४९ हजार ६१४ छ । यो सँगै ओलीको गढमानिएको सो क्षेत्रमा बालेन प्रवेशले भत्काएको छ । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।











