काठमाडौँ । विशेष अदालतले पोखरा लिचीबारी जग्गा घुस प्रकरण मुद्दामा पूर्वमन्त्री एवं नेकपा नेत्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ।

आइतवार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पोखराको लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र ५ जना बिचौलियासहितको नाममा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो।