काठमाडौं । फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको चुनावका लागि अहिलेसम्म ८० दल दर्ता भएका छन् । निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताको आह्वान गरेपछि मंगलबारसम्म ८० दल दर्ता भएका हुन् ।
आयोगले चुनावमा भाग लिन मंसिर १ देखि आज १० गतेसम्मका लागि दल दर्ताको समय तोकेको थियो । पुरानै संसद पुर्नस्थापनामा लागेको नेकपा एमालेले पनि हिजो दल दर्ता गरेको छ । चुनाव प्रयोजनका लागि दर्ता हुने दलको संख्या कांग्रेस, एमालेसहित ८० वटा पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।











