काठमाडौं । अन्तः एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश भएका छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच राष्ट्रिय सभागृहमा आज एकता घोषणा हुन लागेको छ ।
आयोजित सभालाई समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र गौतमले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको छ।
गौतमले यसअघि पटक पटक एमालेमा फर्कने प्रयास गरेका थिए । उनले विभिन्न समयमा आफू एमालेमै रहन चाहेको प्रति लक्षित गर्दै अभिव्यक्ति दिदै आएका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीप्रति त्यति चासो नदेखाएपछि गौतम अन्तः एकीकृत समाजवादीमा आउन लागेका हुन् ।











