तुलसीपुर, १७ साउन  । पातुखोलामा आएको बाढिले बगाउदा तुलसीपुरका एक जनाको मृत्यू भएको छ । गएराति बाढिले बगाउदा तुलसीपुर १३ कपडादेबी निवासी ३३ बर्षीय धर्मु चौधरीको मृत्यू भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । चौधरीको शब आज बिहान तुलसीपुर ९ अमृतनगर टोलको पुर्वमा फेला परेको हो ।

Baglung-Badi2

आफन्त कहाँवाट घरतर्फ फर्कदै गर्दा चौधरीले पातुखोलाले बगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्णा प्रशाईले जानकारी दिनुभयो । पातुखोला पुलको झन्डै तीनसय मिटर उत्तर तर्फ खोला किनारमा चौधरीको शब फेला परेको हो । शबलाई पोष्टमार्टमाका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ ।