काठमाडौँ । आइतबार सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेता सिंहदबारभित्रैबाट पक्राउ परेका छन् ।

उनीहरुले राजतन्त्रको पुर्नस्थापना र वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए ।