काठमाडौं । आइतबार विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौं बुधबार भने दोस्रो स्थानमा परेको छ।
बुधबार भारतको नयाँदिल्ली विश्वकै प्रदुषित सूचिको पहिलो नम्बरमा परेको छ। त्यहाँको वायु गुणस्तर एक्युआइ २९४ मापन भएको छ। काठमाडौं दोस्रो सूचीमा रहे पनि प्रदूषणको मात्रा भने मंगलबारको तुलनामा थप बढेको छ।
स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यू एअरका अनुसार हिजो काठमाडौंको वायु गुणस्तर २४८ एक्युआई रहेकामा आज बिहान २४९ मापन भएको छ।











