काठमाडौं । चैत १५ गते तीनकुनेमा राजावादीकहरूको आन्दोलनका क्रममा एक घरमा लगाएको आगोमा जलेर मृत्यु भएको एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालमा भएको पोेष्र्टमार्टम रिपोटमा उनको धुँवाले निसासिएर मृत्यु भएको उल्लेख छ ।
पोष्र्टमार्टम पहिले भिडिओ एक्सरे गरेर पनि हेरिएको र शरीरमा कतै गोली नदेखिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिएका छन्। बरु फोक्सोमा धुँवाको कण भेटिएका छन् । त्यस कारण उनएको मृत्यु फोक्सोमा धुँवा भरिएको कारणले मृत्यु भएको बताइएको छ ।
उनको गएको शुक्रवार राजावादीहरुका प्रदर्शनकारीहरुले एक निजी घरमा आगो लगाएका र त्यही उनी टिभीका लागि भिडियो खिच्दै गर्दा जलेको अवस्थामा मृत फेला परेका थिए ।











