बुटवल। पहिले पहिले त्यो राष्ट्रिय निकुञ्जमा बाध पालेको छ रे भन्ने सुनिन्थ्यो । तर आजभोलि गाउँ बस्तीमै बाघ पसेको खबर सुनिन्छ । कुनै निश्चित ठाउँमा पालन गरिएको बाघ पछिल्लो चरणमा मानव बस्तीमा पस्ने र जनको क्षति समेत गर्ने गरेको पाइएको छ । केही दिनदेखि रुपन्देहीको तिनाउ आसपासको जङ्गलमा बाघ देखिएको छ । त्यहाँ बाघ देखिएपछि नियन्त्रणको लागि प्राविधिक टोली खटिएको छ ।

पछिल्लो दुई साता यता सियारी, शुद्धोधन र तिलोत्तमाको तिनाउ आसपास जङ्गलमा बाघ देखिएको भन्दै यहाँका स्थानीय त्रसित भएका छन् । स्थानीय पालिकाले सूचना नै निकालेर सचेत रहन स्थानीयलाई आग्रह गरेका छन् । डिभिजन वन, सुरक्षा अधिकारीसहितको टोलीले निरीक्षण गरेपछि बाघ रहेको निष्कर्ष निकालेको थियो । त्यसपछि अहिले प्राविधिक टोली बोलाएर क्यामेरा जडान गरी निगरानी बढाइएको छ ।

मङ्गलबार रुपन्देही आएको प्राविधिक टोली बाघको वास्तविकताबारे क्यामेरामार्फत निगरानी सुरु गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट प्राविधिक टोली यहाँ आएको छ । बाघ भेटिएमा सो टोलीले नियन्त्रणमा लिनेछ । प्राविधिक टोलीले बुधबार बाघ आएको भनिएको सियारी गाउँपालिका –७ मा स्थलगत अवलोकनपछि निगरानीका लागि क्यामेरा जडान गरेको छ ।ठाउँ छैन ।