दाङ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुको आज बुधबार आँखा जाच गरिएको छ । नेपाल नेत्रज्योति संघ राप्ति आँखा अस्पताल रक्षाचौर तुल्सीपुर दाङको टोलीले आज ज्योतिपुञ्जमा आँखा जाच गरेकोे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाले जानकारी दिए ।

आँखा जाच कार्यक्रममा ८५७ जना विद्यार्थीको आँखा जाच गरिएकोमा ३३ जना विद्यार्थीहरुलाई चश्मा लगाउनुपर्ने अवस्थामा पुगेको भेििटएको र ४ जनालाई थप जाच गर्नका लागि अस्पताल जान सल्लाह दिइएको उपचारमा संलग्न अस्पतालका नेत्र सहायक सपना गौतमले बताए ।

टोलीमा सहभागि दिपा वली, दिपक महत, हिरा वली, बिजया भट्टराई र शर्मिला चौधरीले आँखा जाच गर्नु भएको थियो । आँखा जाचपछि चश्मा लगाउनु पर्ने विद्यार्थीहरुलाई निशुल्क चश्मा समेत प्रदान गरिने विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले बताए । आँखा जाच कार्यक्रममा शिक्षक र कर्मचारी गरी ६० जनाको समेत आँखा परिक्षण गरिएको थियो ।