दाङ । प्रेस चौतारी दाङको अध्यक्षमा प्रेमबहादुर राम्जा चयन भएका छन् । शनिबार तुलसीपुरमा सम्पन्न प्रेस चौतारी दाङको विस्तारित भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

जिल्ला अध्यक्ष इन्द्र डिसी वैदेशिक रोजगारीका लागि अमेरिका गएपछि रिक्त रहेको अध्यक्ष पदमा उपाध्यक्ष राम्जालाई चयन गरिएको हो ।

त्यस्तै उपाध्यक्ष अध्यक्षमा चयन भएपछि समितिको रिक्त खुला उपाध्यक्षमा सुधासुमन ढकाल र समावेसी उपाध्यक्षमा दिप्तीशिखा चौधरीलाई चयन गरिएको छ । अध्यक्ष, उपाध्यक्षहरु फेरबदल गरिए पनि सचिवभन्दा मुनिका सबै पदहरु साविककै रहेका छन् ।