दाङ । केही दिन खुलको आकाशमा फेरि वादल देखिन थालेको छ । नेपालमा पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएपछि वादल देखिन थालेको हो ।

पश्चिमी वायु सक्रियसँगैसुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्न थालेको छ । दिउँसो गण्डकी भन्दा पश्चिमतर्फको पहाडी क्षेत्रमा बदली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वअनुमान शाखाले जनाएको छ ।

सक्रिय पश्चिमी वायुले बाग्मती र कोशी प्रदशेका पहाडी क्षेत्रमा पनि सामान्य वर्षा गराउने सम्भावना छ । काठमाण्डौ उपत्यका सहित पूर्वका क्षेत्रमा आज बेलुकीपख वर्षाको सम्भावना छ । ती क्षेत्रमा पनि दिउँसोदेखि नै मौसम बदली हुने बताइएको छ । पश्चिमी वायु सक्रिय हुँदा तराई मधेशमा वर्षाको सम्भावना नरहे पनि यसका कारण हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।