दोलखा । ३३ किलो सुन तस्करी गरेको आरोपमा दोलखा प्रहरीले दुई चिनियाँ नागरिकसहित १५ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन गर्दै उनीहरुको नाम सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक खड्काले सो गिरोहले २०७९ साल मंसिरदेखि हालसम्म ३१ करोड ११ लाख मूल्य बराबरको ३३ किलो सुन तस्करी गरेको अनुसन्धानमा खुलेको बताए । पक्राउ पर्नेहरुमा पक्राउ प्रतिवादीहरुको नामावली चिनियाँ नागरिक आकर लामा, ग्याङ रु रहेको छ ।
त्यस्तै नेपाली नागरिकहरु नर्व छिरिङ शेर्पा , चसमान तमाङ , माधव कुमार मगर, लाल बहादुर तामाङ , दिपेन्द्र राज शाक्य , चेतनाथ न्यौपाने , सुनमाला तमाङ , पेम्बा तमाङ, केशर तमाङ, सनद प्रधान, तिलक बि।क। महिमा माझी र एकजना नाबालक रहेको प्रहरीले जनाएको छ । तस्करहरुको नेटवर्क निकै लामो रहेको प्रहरीको विशलेषण छ ।
तस्कर समूहले सुन मात्र नभएर नेपालमा अबैध मानिने किप्टो करेन्सि मार्फत सुनको भुक्तानी र बिदेशी मुद्राको अबैध कारोबार समेत गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ । तस्कर समूहले विगत १ बर्षमा क्रिप्टो र अन्य डिजिटल भुक्तानीको माध्यमबाट दुइ अर्व एकान्वे करोड अट्चालिस लाख बतीस हजार पाँच सय त्रियानब्बे रुपैया बराकरको कारोबार गरेको अनुसन्धानको क्रममा पत्ता लागेको छ । तस्करहरुले नेपालबाट यार्सागुम्बा र कस्तुरीको बिना समेत तस्कर गर्ने गरेको प्रहरीले अनुसन्धानमा फेला पारेको छ ।











