दाङ, २८ पुस । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
अवलडाँडाबाट नारायणपुरतर्फ जाँदै गरेको रा ४ प ६०५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोराही १० जलौरा बस्ने १८ वर्षका सरोज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरीको टाउकोमा चोट लागेको र उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार अर्का २३ वर्षका ऋषिराज चौधरी र मोटरसाइकल चालक १९ वर्षका मंगल चौधरी घाइते भएको र उनीहरुलाई उपचारका लागि भैरहवा रिफर गरिएको छ ।











