इन्द्रेणी संवाददाता
दाङ, १७ भदौ । दाङको घोराही लमही सडकखण्डमा पर्ने सिस्नेखोलाले कार बगाउँदा चार जनाको ज्यान गएको छ । गोल्लीस्थित सिस्नेखोलाले गएराति प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको कार बगाउँदा चार जनाको ज्यान गएको हो ।

dea

तस्विर : कुल्दीप न्यौपाने

मृत्यु हुनेमा गाडीमा सवार घोराही १३ बस्ने बर्ष अन्दाजी ४० की रिता माया पुन, वर्ष ३२ की शुशिला श्रेष्ठ, घोराही १४ बस्ने बर्ष ३२ की राधा कुवर, १४ मै बस्ने बर्ष ४२ की बिमला केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कारचालक घोराही १५ का नरबहादुर पुनको खुट्टा भाचिएको छ भने अन्य दुई जना वेपत्ता रहेका छन् । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो खोलामा पुल निर्मानाधिन छ । समयमा पुल नबन्दा यात्री र सवारीका साधनले वर्षातको समयमा निकै सास्ती भोग्नु परेको छ ।