इन्द्रेणी संवाददाता
काठमाडौं , २४ साउन। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । २ हजार २९ जना निको भएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमतिको संख्या बढ्दै गएकाले मन्त्रालयले सचेत हुन सबैमा अनुरोध गरेको छ ।











