काठमाडौं, १२ साउन । यौन दुर्व्यवहारको मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले पनि सफाइ दिएको छ । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरेसँगै पूर्वसभामुख महराले सफाइ पाएका हुन् ।

mahara2न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डौ जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो ।

पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर गरेको थियो । जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझाएर सरकारी वकिलको कार्यलयले पुनरावेदन गरेको थियो । आरोप लागेपछि महराले २०७६ सालको असोज १४ गते सभामुख पदबाटै राजीनामा दिनुपरेको थियो ।