इन्द्रेणी संवाददाता
काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

koroस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलवार देशभर १७ हजार ५१८ जनामा कोरोनाको परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै यसको संक्रमणबाट नेपालमा हालसम्म ९ हजार ७५८ जनाको मृत्यु भएको छ । त्यसैगरी सो अवधिमा १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्।
यसैबीच काठमाडौं उपत्यकामा थप ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौं जिल्लाका ४७५ जना, ललितपुर जिल्लाका १६७ जना र भक्तपुर जिल्लाका १३२ जना छन् । काठमाडौं उपत्यकामा हाल ८ हजार ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ। काठमाडौंमा ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।