इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । दाङमा प्रहरीले दुई जनालाई अबैध काठसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका वडा नंं. ३ बस्ने ज्ञानबहादुर चौधरी र सोही नगरपालिका २ फल्कापुरका किसन चौधरी रहेका छन् ।
उनीहरुलाई आज विहान करीव ४ बजे लमही २ राजपुरघाटबाट रा १ त ४०७३ नम्बरको टेक्टरमा अबैघ इपिलिपी जातको काठ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अस्थायी प्रहरी पोष्ट नर्तीबाट खटिएको प्रहरीको टोलीले इपिलिपीको १८ थान गोलिया काठसहित उनीहरुलाई पक्राउ गरिएको हो ।











