इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । दाङको घोराही-तुलसीपुर सडकखण्डमा आज विहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

accdentसो सडकखण्डको पर्सेनीमा सडक निर्माणका क्रममा सडक छेउमा खनिएको खाल्डोमा परी एक जनाको मृत्यु भएको हो । मोटरसाइकलको बुलुबुक अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नंं. १२ टरिगाँउका चुडामणी भण्डारी रहेको प्रहरीले जनाएको छ ।

विहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी नजिकै सडकको छेउमा खनिराखेको खाल्डोमा भण्डारीको मृत्यु भएको र घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना हुने मोटरसाइकलको नम्बर रा ६ प ७२५ रहेको प्रहरीले जनाएको छ ।