इन्द्रेणी संवाददाता

दाङ, ९ साउन । दाङको तुलसीपुर क्षेत्रमा एकसाता फोहोर संकलन नहुने भएको छ । बजार क्षेत्रको फोहोर डम्पिङ साइटको मर्मतको काम सुरू गरिएकोले कम्तिमा एकसाता फोहोर नउठ्ने उपमहानगरपालिकाले जनाएको छ ।

foharअस्थायी डम्पिङ साइटको मर्मत तथा व्यवस्थापनको काम गर्न लागिएकाले साउन १५ गतेसम्मका लागि बजारक्षेत्र मुख्य लाइनबाहेक अन्य ठाउँको फोहोर संकलन स्थगित गरिएको उपमहानगरपालिकाको सरसफाई तथा वातावरण शाखाका नायव सुव्बा खेमकान्त पाण्डेले जानकारी दिएका छन् ।

उपमहानगरका विभिन्न स्थानबाट संकलन गरिएको फोहोर वडा नम्बर ६ र १२ को सिमानामा पर्ने कुकुरे भजना क्षेत्रमा अस्थायी डम्पिङ साइट निर्माण गरेर व्यवस्थापन गर्दै आएको छ ।