काठमाडौं, ५ पुस । प्रधानमन्त्रीले संस्द विगटन गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
सिंहदरबारभित्रको कृषि समितिको हलमा कार्यक्रम गरेर उनीहरूले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले राजीनामा दिएका हुन् ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दिउँसो संसद् विघटन गरेकी थिइन् ।











