इन्द्रेणी संवाददाता
दाङ, २६ असोज । कोरोनाको जोखिमका कारण दाङका तीन ओटा सरकारी कार्यालय बन्द भएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय ५ दिनका लागि बन्द भएका हुन् ।

adaltत्यसैगरी नापी तथा मालपोत कार्यालय बुधबारसम्मका लागि बन्द गरिएको छ । देउखुरीमा रहेको जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द भएको हो ।

पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पनि असोज ३० गतेसम्मका लागि बन्द भएको छ । पछिल्ला समयमा विभिन्न सरकारी कार्यालयहरुका कर्मचारीहरुमा पनि कारोना संक्रमण देखिदै गएको छ ।