तिर्थराज ज्ञवाली
देउखुरी, २६ असोज । काष्ठ सामाग्रीको प्रयोग कम भै रहेको बेला एक वन समूहले काष्ठजन्य परम्परागत संग्राहलय भवन शिलन्यास गरेको छ ।
IMG_5307गढवा गाउँपालिकाको २ नं वडा र राप्ती गाउँपालिकाको ३ नं वडाका बडहरा, बसन्तापुर लगायतका गाउँहरु कार्यक्षेत्र रहेको कुलपानी बन समुहले लोपोन्मुख काष्ठ सामाग्रीको संरक्षणका लागि संग्रहालय निर्माण गर्न लागेको समुहका अध्यक्ष नवराज शर्माले बताए ।

परम्परागत काष्ठजन्य सामाग्रीको प्रयोग र चिनारी होस भन्ने उदेश्यले संग्रहालयमा घर भित्र र बाहिर प्रयोग हुने, विभिन्न जातजातिले प्रयोग गर्ने र साना देखि ठुला हाल लोप भैसकेका र लोपोन्मुख सामाग्री राखीने अध्यक्ष शर्माले बताए ।

एक कार्यक्रमको आयोजनामा वडहरा वन समूहको घर पश्चिममा केन्द्रिय बन महासंघका उपाध्यक्ष भिम प्रकाश खड्काले परम्परागत काष्ठजन्य संग्रहालय भवनको शिलन्यास गरेका हुन् ।

पर्यापर्यटनको क्षेत्रमा नमुना योग्य कार्य गर्दै आएको सो कुलपानी वन समुहले वन कार्यालय, बन महासंघ, स्थानिय वन समुह, नागरिक, उपभोक्ताहरुको सहयोग र समन्वयमा परम्परागत काष्ठजन्य संग्रहालय को निमार्ण सुरु गरेको समुहका उपाध्यक्ष राकेश शर्माले जानकारी दिए ।
स्थानीय उपभोक्ता बाट परम्परागत काष्ठजन्य समाग्रीको संग्रहालयका लागि सामाग्री उपलब्ध गराउने साधारण सभामा प्रतिबद्धता भएकोले सो योजनालाई अघि सारिएको बताईएको छ । धार्मीक तथा बातावरणीय रुपमा सुन्दर कुलपानी क्षेत्रमा गुणस्तरिय हरियाली पार्कसमेत निर्माण भइरहेको छ ।