तिर्थराज ज्ञवाली
देउखुरी, ५ असोज । दाङको गढवा गाउपालिका वडा नं. १ बडहरास्थित धार्मिक पर्यटकीय क्षेत्र कुलपानीको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले अवलोकन गरेका छन् ।
पर्यटकीय क्षेत्र कुलपानीको विकासमा प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकारले गर्न सक्ने नयाँ योजना तथा क्रियाकलापको बारेमा अवलोकन गर्न मन्त्री पोख्रेलले सो क्षेत्रको अवलोकन गरेका हुन् ।
प्राकृतिक तथा धार्मिक दृष्टिले मनोरम र सुन्दर कुलपानी क्षेत्रको विकासमा वडहरा गाउँ तथा कुलपानी सामुदायिक समूहले हालसम्म गरेको कामको प्रशंसा गर्दै मुख्य पोख्रेलले आगामी दिनमा राज्यको तर्फबाट लगानी गरिने बताए ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको अनुरोधमा पोख्रेलले कुलपानीको स्थलको विकास तथा प्रर्वद्धनमा चासो देखाएका हुन् ।











