इन्द्रेणी संवाददाता
दाङ, ११ भदौ । आजदेखि दाङमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागु भएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले स्थानीय प्रशासनले आजदेखि सार्वजनिक तथा निजी सवारीका साधनमा जोरविजोर प्रणाली लागु गरेको हो ।

Traffic-Checking-620x330जिल्लाको संकट व्यवस्थापन केन्द्रको गत मंगलवार बसेको बैठकले भदौ १ गतेदेखि लागु गरिएको दैनिक साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेधाज्ञालाई कायम राख्दै सवारीका साधनमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको थियो । सो अनुसार आज जिल्लामा विजोर नम्बरका सवारीका साधन सञ्चालनमा आउनेछन् ।

यसैगरी आजैदेखि बजार तथा अन्य काममा जाँदा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाएको पाइएमा त्यस्ता व्यक्तिलाई नगद जरिवाना समेत गर्न सकिने व्यवस्था गरिएको छ ।