इन्द्रेणी संवाददाता
दाङ, ११ भदौ । दाङको तुलसीपुरस्थित इलाका प्रशासन कार्यालय र एउटा स्वास्थ्य चौकी सिल गरिएको छ । तुलसीपुर इलाका प्रशासन कार्यालयका सवारी चालकमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि कार्यालय सिल गरिएको हो ।

silत्यसैगरी तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरास्थित स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि कार्यालय सिल गरिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले जानकारी दिए ।

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि तुलसीपुर उपमहानगरपालिकाको बुधबार बेलुकी बसेको आपत्कालिन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय समेत गरेको छ । दाङमा बधवार मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा घोराहीका नौ जना र तुलसीपुर क्षेत्रका सात जना रहेका छन् ।