काठमाडौं, १ भदौ। नेपालमा आज सोमवार थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ११ हजार ५२० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १०७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन् ।











