इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । दाङमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । सर्पको टोकाइबाट राप्ती गाउँपालिका वडा नं. ७ अर्नहनपुरका नारायण चौधरीका ७ वर्षिया छोरा राजन चौधरीको ज्यान गएको हो ।
आइतवार दिउँसो माछा मार्न गएको वेला सर्पको टोकाइबाट वेहोस भएका सजनलाई लमही अस्पतालमा उपचार पछि थप उपचारका लागि गोरुसिंगे लगिएको थियो । तर त्यहाँ पनि उपचार हुन नसकेपछि नेपालगञ्ज लैजादै गर्दा उनको मृत्यु भएको हो ।











