काठमाण्डौ, १२ साउन । नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा निकालेपछि भारतले ती क्षेत्र आफ्नो भएको दावी गर्दै पत्र लेखेको छ ।
भारतको धार्चुला प्रशासनले गुन्जी, कालापानी र लिम्पियाधुरा भारतकै भएको दावी गर्दै जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्र पठाएको हो ।
पत्रमा विभिन्न नेपाली समूह अवैध रुपमा लुकीछिपी सीमा पार गरेर आउन चाहेकोले त्यसबारे जानकारी गराउन नेपाललाई भनेको छ । जुलाई १४ मा भारतले पठाएको हो ।












