इन्द्रेणी संवाददाता
दाङ, १६ असार । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीमाथिको सांघतिक आक्रमणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

wadaसो पार्टीका गाउँपालिका सेक्रेटरी कमल सिंहका नामबाट जारी विज्ञप्तिमा वडा अध्यक्षमाथि विभिन्न आरोप लगाउदै आफ्नो पार्टीले जनताको अनुरोधमा सामाजिक कारवाही गरेको उल्लेख छ ।

वडाध्यक्षमाथि मंगलवार विहान ११ बजेतिर कार्यालयमै रड र लाठी प्रहार भएको थियो । डाँगीको टाउको र हातमा चोट लागेको छ । राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा डाँगीको उपचार भइरहेको छ । उनीमाथि नेकपाले भ्रष्टाचार, घुसखोरी, गुण्डागर्दीलगायतका जनविरोधी कार्य गरेको आरोप लगाएको छ ।