इन्द्रेणी संवाददाता
काठमाडौं, २२ जेठ । पाल्पाका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पाल्पा पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु जेठ २० गते भएको थियो । उनको स्वाब परीक्षण गर्दा रिपोर्टमा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । योसँगै नेपालका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दश पुगेको छ ।











