इन्द्रेणी संवाददाता
दाङ, २२ जेठ । पछिल्लो समयमा दाङमा कोरोना संक्रमतिको संख्या बढ्दै गएको छ ।

koro विहीबार मात्रै दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १५ जनामा कोरोना पुष्टि भएको हो ।

जस अनुसार घोराही उपमहानगरपालिकाका ५, बंगलाचुली गाउँपालिकाका ६, , राजपुर गाउँपालिकाका ३ र बबई गाउँपालिकाका एक जनामा कोरोना संक्रमभण पुष्टि भएको छ । यसअघि दाङमा ५१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।