काठमाडौं, ५ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण संक्रमणको पुष्टिसँगै देशमा कोराना संक्रमितको संख्या ३० पुगेको छ ।

eeeउदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका १६ जनामध्ये १२ जनामा संक्रमित देखएको हो । सो मस्जितमा १२ भारतीय एवं ४ नेपाली रहेको बताइएको छ ।

जसमध्ये उदयपुर जिल्लाका १२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय र चितवन जिल्लाको २ वटा केस (पुरुष, २७ र महिला ६३ वर्षीया) रहेका छन्’, मन्त्रालयले भनेको छ ।