केशरमान बुढाथोकी
रोल्पा । रोल्पाली माटोमा जन्मिएर राष्ट्रिय राजनीतिमा छाएका पूर्व सभामुख महरा करिब २५ बर्ष पछी आफ्नै घरमा रात बिताउदैछन । पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्र दाङका मतदाताहरुलाइ भेटघाट गरी गृहजिल्ला रोल्पा पुग्नुभएका महरा २५ बर्षपछि आफ्नै घरमा खाने र सुत्ने छन् ।
षड्यन्त्रकारीहरुको षड्यन्त्रमा परेर महराले करिब तीन महिना बढी समय प्रहरी हिरासतमा बिताउएका थिए । सम्मानित अदालतले निर्दोष सावित गरेपछि आफ्नो निर्वाचन क्षेत्र भएको जिल्ला दाङ आएका महरा दाङ जिल्लाका प्रत्येक वडा र गाउँगाउँमा पुगेर मतदाता तथा सर्वसाधारण जनतासँग भेटघाट गरेका थिए ।
दाङको भेटघाट सम्पन्न गरेर प्युठान हुँदै गृहजिल्ला रोल्पा पुगेका महराले प्युठान र रोल्पाका विभिन्न स्थानमा आफ्नो सम्मानका लागि भेला भएका नागरिकहरुलाई सम्बोधन गरेका थिए । गृहजिल्ला रोल्पा पुगेका महराले आफूलाई गृहजिल्ला रोल्पावासीले गरेको उच्च सम्मानले आफू भावुक भएको बताउनु बताए ।
हिजो र आजको रोल्पासँग निकै नजिकबाट परिचित भएका महराले भविष्यको रोल्पाको मास्टरप्लान तयार गरिसकेको बताए । रोल्पाले जन्माएका दर्जनौं नेताहरुलाई राजनीति सिकाएर उच्च स्थानमा पुराएको स्मरण गर्दै महराले भने, ‘म रोल्पालीको अभिभावक ९महरा सर०मात्र होइन रोल्पाकै अभिभावक बन्न चाहन्छु । यसका लागि जनताको अपार माया मेरो लागि उर्जा भएको छ ।’











