इन्द्रेणी संवाददाता
दाङ, १७ पुस । दाङ प्रहरीले १३ लाख फिरौती माग्ने एक जनालाई पक्राउ गरेको छ ।
घोाराही १५ पिवि चोक बस्ने ४८ वर्षका पीडितलाई एक साता पहिले १३ लाख फिरौती मागेर धम्की दिने रोल्पा परिवर्तन गाउँपालिका ५ राङकोट वस्ने ३४ वर्षका राजकुमार दमाईलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दमाइबाट एक थान सोही पेस्तोलमा लाग्ने गोली र मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । उनलाई पीडितको जाहेरीमा पछिल्लो पटक माग गरिएको ३ लाखको नक्कली नोट बनाएर फिरौतीवाफल रकम लैजादै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











