इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । घोराहीको सगरमाथा सिमन्ट उद्योगको नछतबाट खसेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
खसेर घाइते भएका भारत उडिसा घर भएका २७ वर्षका अभय नायकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । त्यस्तै घाइते मानप वारिकको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।











