दाङ, ५ कार्तिक ।घोराही उपमहानगपालिका वडा नं. १४ को वडा स्तरिय बाल संजालले शुभकामना आदान प्रदान सम्पन गरेको छ ।
वडास्तरीय बाल संजालको आयोजनामा भएको कार्यक्रममका बोल्ने बक्ताहरुले समाज परिर्वतनका लागि बाल बालिकाको भूमिका महत्व पूर्ण हुने वताएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले घोराही उपमहानगरपालिका बालमैत्री नगर बनाउँनका लागि भुमिका खेल्नुपर्ने बताए । प्रमुख अतिथि डाँगीले आगामी बर्ष सम्म वडा नं. १४ लाई बालमैत्री घोषणा गर्ने तयारी रहेको बताउँदै त्यसका बालबालिकाले सहयोग गर्नुपर्ने धारणा राखे ।
कायक्तममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख शशी शर्माले बालबालिका दुर्वेशनीबाट बच्नुपर्ने बताए । वडा सदस्य गुलाम रशुल,फुलमति नेपाली, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, युवा मोर्चाको अनिल सेर्पाली लगाएतले आफ्ना विचार राखेका थिए ।











