इन्द्रेणी संवाददाता 

चर्चित गायक तथा मोडल दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीको अनुसार बालाजुबाट पक्राउ गरेको गायक थापालाई अहिले टेकुमा राखिएको छ ।

गायक थापाले हालै ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत युट्युबमा राखेका कारण पक्राउ परेका हुन् ।

उनको गीतमा गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश भएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो ।