दाङ, २ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत आज पश्चिम दाङ क्षेत्र नं. ३ ख स्थित कटकुईयांमा कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेस क्षेत्र नम्वर ३ ख का सभापति खिमवहादुर वलीको अध्यक्षता तथा केन्द्रिय प्रतिनिधि मोहन वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि वरालले सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्दै आगामी मंसिर १४ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी वनाउन शसक्त भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का सभापति जगतवहादुर खड्का, कांग्रेस नेताहरु केशव आचार्य, खिम प्रसाद खराल, देविका नेपाली लगायतले कम्युनिष्ट सरकारको अन्यायका विरुद्ध सवै कांग्रेसहरु एक भएर पश्चिम दाङको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी वनाउने अभियानमा अहिले देखि नै ईमान्दारी पुर्वक लाग्न आग्रह गरेका थिए ।











