इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । महिला मानव अधिकार रक्षक सञ्जाल दाङको नियमित बैठकले आज घोराहीमा सम्पन्न भएको छ ।

feature0सञ्जालकी अध्यक्ष हुमा डिसीको अध्यक्षता बसेको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्याप्रति महिला मानव अधिकार रक्षक सञ्जाल दाङको गम्भीर ध्यानाकर्षण भएको जनाउदै विगत लामोसमयदेखि प्रतिष्ठानमा देखिएका विभिन्न समस्याले यस भेगका नागरिकको स्वास्थ्य सेवा अझ त्यसमा पनि महिला बालबालिकाकालागि भएका विशेष स्वास्थ्य सेवासमेत प्रत्यक्ष प्रभावित भएकोतर्फ ध्यान पुर्याउन र यी विषयमा थप संवेदनशील भई समस्या हल गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्ने निर्णय गरेको छ ।

त्यसैगरी महिला मानव अधिकार रक्षक सञ्जालका सबै सदस्यहरुको क्षमताअभिवृद्धिकालागि अभिमुखीकरण कार्यक्रम गर्ने, जिल्लाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारी एवं अन्य सरोकारवालाह?बीच सम्वाद कार्यक्रम गर्ने, जिल्ला सञ्जालले गरेका गतिविधि, समग्र मानव अधिकारको विषयकाबारे समीक्षा गरी सञ्जालको भूमिका प्रभावकारी बनाउन सञ्जालका सल्लाहकार एवं अगुवा महिलासँग अन्तक्र्रिया गर्ने निर्णय गरेको छ ।