तुलसीपुर, २० भदौ । पूर्व शान्ती तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल भएको वताएका छन् ।
धावनमार्ग विस्तारको आवश्यकता भइसकेको वताउँदै मन्त्री शर्माले आवश्यक सर्वे गरेर काम अगाडि वढाउनका लागि पहल गर्ने जानकारी दिए । नारायणपुरमा वन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल लामो समयको सोच भएको वताउँदै तुलसीपुरकै विमानस्थलमा ठूला जहाज वसाउने गरी पहल गरिने उनको भनाइ थियो ।
तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्थानीय विकास विषयक कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले तुलसीपुर प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक आउने गरी कानुन ड्राफ्ट भएको जानकारी दिए । ‘गाउँ घरका जनताले पनि विशेषज्ञ डाक्टरको उपचार पाउन सकुन भन्ने गरी ऐन वनेको छ ’ पूर्वमन्त्री शर्माले ऐन लागु भए लगत्तै प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टर अनिवार्य आउने वताए ।
संघीयताको कार्यान्वयनसँगै विकासप्रति जनताको चाहना तिव्र हुँदै गएको वताउँदै त्यसलाई सम्बोधन गर्न स्थानीय सरकारलाई चुनौति रहेको वताए । जनताको आवश्यकता सम्वोधन गर्नका लागि स्रोतको अभाव रहेको वताउँदै शर्माले जति स्रोत छ त्यहिबाट नै जनताको चाहनाको उच्च सम्वोधन गर्नुपर्ने उनको भनाइ थियो ।











