इन्द्रेणी संवाददाता
दाङ, १९ भदौ । दाङमा वस पल्टदा ६ जना घाइते भएका छन् ।

accdentपुर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका १ पाखापानीमा बुटवलबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु १ ख ८४५९ नम्बरको वस तीब्र गतिका कारण पल्टिदा ६ जना घाइते भएको र घाइते मध्ये २ जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुको स्थानीय राप्ती सेवा पोलिकिलनिक भालुवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गएराति पौने ८ बजेतिर भएको हो ।